सरकार समता मुलक समाज निर्माणको पक्षमा छैन : महासंघ प्रदेश अध्यक्ष चौहान 



पर्सा : नेपाल प्रेस युनियन प्रदेश २ ले महिला पत्रकारहरुको लागि वीरगञ्जमा दुई दिने लैङ्गिक समाज र सुरक्षा सम्बन्धी तालिम आज (बिहीबार)देखि शुरु गरेको छ । आईएफजेको आर्थिक सहयोगमा आयोजित तालिमको उदघान नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहानले गरे ।

तालिमको उदघान सत्रलाई सम्बोधन गर्दै अध्यक्ष चौहानले सरकार समता मुलक समाज निर्माणको पक्षमा अगाडी नबढेको आरोप लगाए । उनले भने, ‘सरकारी नियुक्तिदेखि लिएर लोकसेवा आयोगको विज्ञापनमा समेत सरकार समता मुलक र समावेशी समाजको निर्माणको पक्षमा छैन आफ्नै दम्भका साथ अगाडी बढीरहेको छ ।’ 

स्वच्छ समाज निर्माण होस्, भ्रष्ट्रचार मुक्त समाज होस् भन्ने पक्षमा सरकार छैन अध्यक्ष चौहानले भने, डेमोक्रेसी र स्वतन्त्र प्रेसले नै स्वच्छ समाज निर्माण गर्नुका साथै भ्रष्टचार मुक्त समाज निर्माण गर्ने भएकोले अहिलेको  आवश्यकता नै डेमोक्रेसी रहेको छ । 

‘सरकारले ल्याउन लागेको अपराध संहितता र मिडिया काउन्सिलको विधेयकको विरोधमा हामी लागि परेका छौँ ।’ उनले भने, ‘सरकारले नै अहिले स्वतन्त्र पत्रकारिताको घयाटी निमोट्ने अग्रसरताको साथ अगाडी बढिरहेकोले महासंघले गरेको आन्दोलनमा सम्पूर्ण सञ्चारकर्मी एकजुट भएर अगाडी बढनुपर्छ ।’ 

अर्को प्रशंगमा अध्यक्ष चौहानले महासंघ एउटा गतिशिल संस्था रहेको बताउँदै महासंघले आफनो संरचनामै नै महिलाहरुको अधिकारको लागि जिल्लादेखि केन्द्रसम्म ठाउँको व्यवस्था गरेर महिलाहरुको योगदानको कदर गरेर अगाडी बढीरहेका बताए ।

पछिल्लो समय वीरगन्जमा महिला पत्रकारहरुको संख्यामा वृद्धि भएको देख्दा आफुहरुलाई खुशी लागेको तर पत्रकारितामा लागेका महिला पत्रकारहरुलाई दिर्घकालसम्म टिकाउनका लागि चुनौतीहरु भने अझै पनि रहेको उनले बताए । पत्रकारितामा महिलाहरुको संख्या वृद्धि हुनु समग्र नेपालकै पत्रकारिता क्षेत्रका लागि गौरवको विषय भएको बताउँदै उनले पत्रकारितामा लागेका महिला पत्रकारहरुले पनि पेशागत रुपमा आफ्नो दक्षताको विकास गर्नुपर्ने आवश्यकता रहेको बताए । पत्रकारितामा महिलाका लागि अवसरहरु प्रसस्त रहेको र त्यो अवसरलाई सदुपयोग गर्न सकेमा महिलाहरुले नाम र दाम दुवै कमाउने अध्यक्ष चौहानले बताए । 

प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मीको अध्यक्षमा आयोजित तालिमको उदघाटन समारोहमा वरिष्ठ पत्रकार चन्द्रकिशोर झा, नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष रिन्कु गायत्री मिश्रा, वीरगन्ज महानगरपालिकाका उपमेयर शान्ती कार्की, पर्टेवा सुगौली गाउँपालिकाका उपमेयर ममता महतो, नेपाल पत्रकार महासघ पर्साका अध्यक्ष श्याम बन्जारा लगायतले तालिममा सिकेका कुराहरु व्यवहारमा उतारण आग्रह गरे ।

दुई दिने तालिममा सहभागी वीरगन्जका विभिन्न सन्चारगृहमा कार्यरत १८ जना महिला पत्रकाहरुलाई प्रशिक्षकद्वय नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष रिन्कु गायत्री मिश्र र बिबिसिका संवाददाता माधुरी महत्तो प्रशिक्षण दिइरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्