चितवाको छालासहित युवक पक्राउ 



बारा : जिल्ला प्रहरी कार्यालय बाराले चितुवाको छाला र दाँतसहित एकजना युवकलाई पक्राउ गरेको छ । प्रहरीले मकवानुपर बकैया गाउँपालिका वडा नम्बर २ तिनकुने बस्ने ३२ वर्षिय सोम बहादुर गोलेलाई चितुवाको रौं सहितको सुकेको छाला एक थान र दाँत ४ वटासहित पक्राउ गरेको हो । 

प्रहरीको टोलीले जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ जितपुर बजारको मुख्य चौकमा चेकजाँच गर्ने क्रममा शंकास्पद अवस्थामा हिडिरहेका गोलेलाई पक्राउ गरिएको थियो । 

गोलेको साथमा रहेको झोला चेकजाँच गर्दा लोपउन्मुख जंगली जनवार चितवाको छाला र दाँत लुकाएको फेला पारेको बाराका प्रहरी उपरिक्षक सानुराम भट्टराईले बताए ।  

पक्राउ परेका गोलेलाई आवश्यक कारवाहीको लागि छाला र दाँतसहित डिभिजन वन कार्यालय बाराको जिम्मा लगाइएको प्रहरी उपरिक्षक भट्टराईले बताए । 

प्रतिक्रिया दिनुहोस्