प्रदेश १ मा मधेशी आयोगको अन्तरक्रियात्मक अनुशिक्षण कार्यक्रम सम्पन्न 



काठमाडौं : प्रदेश १ मा मधेशी आयोगले सञ्चालन गरेको अन्तरक्रियात्मक अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रदेश १ अघि मधेशी आयोगले प्रदेश २ मा अन्तरक्रियात्मक अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको थियो । 

आयोग ले ‘मधेशी को समस्या र समाधान’ विषय मा नागरिक समाज, पत्रकार, जनप्रतिनिधि तथा प्रसाशनिक निकायसँग अन्तरक्रियात्मक कार्यक्रम गरको छ । 

कार्यक्रम पश्चात आयोग को अध्यक्ष डा. विजय कुमार दत्त ले स्वयं मोरंग, झापा र सुनसरी को विभिन्न पिछडिएका गाउँहरु पुगेर त्यहाँका बासिन्दाहरु सँग समस्याबारे जानकारी लिँदै त्यस जिल्लाको प्रमुख जिल्ला अधिकारीसहित विभिन्न कार्यालय प्रमुखहरुसँग समस्याको समाधान यथाशिघ्र समाधान गर्न सल्लाह समेत दिएका थिए ।

अध्यक्ष डा. दत्तले ती जिल्लाहरुको विभिन्न नेपाल–भारत बोर्डरको समेत निरीक्षण गरेर त्यहाँ  जनताहरुसँग समेत समस्याको बारे जानकारी लिएको र कुनै प्रकारको हिंसा, दुर्व्यवहार वा अपराधिक घटना घटेको वा घटेमा मधेशी आयोगमा तुरुन्त उजुरी दिन समेत अनुरोध गरेका थिए। अध्यक्ष डा. दत्त को अब प्रदेश ५ र ७ मा जाने कार्यक्रम रहेको उनका निजि सचिव शिवांग दत्त ले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्