नेकपा र कांग्रेसको माग : प्रदेश २ मा हिन्दी भाषालाई सम्पर्क भाषा बनाउन हुँदैन



जनकपुरधाम : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले प्रदेश २ मा हिन्दी भाषालाई सम्पर्क भाषा बनाउन नहुने बताएको छ । 

हिन्दी भाषालाई सम्पर्क भाषा बनाउने प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि नेकपा र कांग्रेसले संशोधन दर्ता गराएका छन् ।

नेकपाका प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्मा र कांग्रेस सांसद शिवचन्द्र चौधरीले हिन्दी भाषालाई सम्पर्क भाषा नबनाउन माग गर्दै संशोधन दर्ता गराएका हुन् ।

‘प्रदेशमा मुख्य दुई वटा भाषा बढी बोलिन्छ, एउटा मैथिली, अर्काे भोजपुरी ।’ नेकपाका सचेतक विश्वकर्माले भने, ‘एक भाषामा बोलेको कुरा अर्काे भाषीले राम्रोसँग बुझिरहेको सन्दर्भमा हिन्दी लाध्नुको कुनै मतलव छैन ।’

उता कांग्रेस सांसद चौधरीले भने, ‘अरु देशको भाषालाई मान्यता दिनुको कुनै तुक छैन ।’

प्रतिक्रिया दिनुहोस्