नेपालसहित ४ देशबीच टी–२० क्रिकेट सिरिज हुने



काठमाडौं । नेपालले टी–२० विश्वकप छनोटको ग्लोबल क्वालिफायर्सको तयारीको रुपमा नेपालसहित ४ मुलुकबीच टी–२० क्रिकेट सिरिज हुने भएको छ ।
नेपाल, ओमान, यूएई र आयरल्याण्डबीच उक्त सिरिज हुन लागेको हो । उक्त सिरिज अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपाललले ओमानको सामना गर्नेछ ।
फेब्रुअरी ११ मा नेपालले ओमानको सामना गर्नेछ । त्यसको भोलिपल्ट नेपालले यूएईसँग खेल्नेछ । त्यस्तै फेब्रुअरी १४ मा आयरल्याडसँग खेल्नेछ ।
यो सिरिज आईसीसी विश्वकप छनोट ग्लोबल क्वालिफायर्सको अभ्यास खेलअन्तर्गतको भने होइन ।

प्रतिक्रिया दिनुहोस्