अफगानिस्तानमा यात्रु बसमा बम विष्फोट, ७ जनाको मृत्यु



काबुल : अफगानिस्तानको हेरात प्रान्तमा यात्रु बसमा बम बिस्फोट हुँदा सात जनाको मृत्यु भएको छ। बिस्फोटमा परि अन्य नौ जना घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन् । अधिकारीहरुले इन्धन ट्यांकीमा जडान गरिएको बम विष्फोट भएको अनुमान गरेका छन्।

बिस्फोटमा परेर चार महिलासहित सात जनाको मृत्यु भएको हो। घटनाको जिम्मा कसैले नलिएको अलजजिराले जनाएको छ। हेरात इरानसँग सीमा जोडिएको अफगानिस्तानको तेस्रो ठूलो शहर हो। अफगानिस्तानमा तालिवानले सत्ता सम्हालेपछि त्यहाँ मानवीय संकटको अवस्था सिर्जना भएको छ।

प्रतिक्रिया दिनुहोस्