सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडाैँ : साताकाे पहिलाे दिन आइतबार सुनकाे मूल्य प्रतिताेला ३००ले घटेकाे छ । गत साताकाे अन्तिम दिन शुक्रबारकाे तुलनामा चालु साताकाे पहिलाे दिन आइतबार ताेलामा ३००ले घटेर छापावाल सुन प्रतिताेला ९३ हजार ५०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल  सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

महासंघअनुसार  गत साताकाे अन्तिम दिन शक्रबार  छापावाल सुन तोलाको ९३ हजार ८०० रुपैयाँमा  कारोबार भएको थियो । यसैगरी, आइतबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार निर्धारण भएको छ ।   चाँदीको  मूल्य प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्