पहिरोले घर पुरिँदा रोल्पामा दुई जनाको मृत्यु, दुई घाइते



रोल्पा : पहिरोमा पुरिएर रोल्पामा दुई जनाको मृत्यु भएको छ । पहिरोले घर पुरिँदा उनिहरुको मृत्यु भएको प्रहरीले जनाएको छ। रोल्पा नगरपालिका वडा नम्बर १० थवाङमा गए राति पहिरोले घर पुरिँदा ५ वर्षीय बालक र ७० वर्षीया वृद्धाको मृत्यु हो।

करिब दुई सय मिटर माथिबाट आएको पहिरोले घर पुर्दा दुई जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । पहिरोमा परि मृत्यु भएका बच्चा र वृद्धाको शव फेला परेको उनले बताए ।

मृत्यु भएकाहरूको नाम खुलेको छैन । पहिरोमा परेर दुई जना सामान्य घाइते भएका छन् । मृत्यु भएका दुई जना एकै परिवारका रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिरोले एक घर पूर्ण रूपमा र दुई घरमा सामान्य क्षति पुर्‍याएको छ।

प्रतिक्रिया दिनुहोस्