प्रचण्ड पत्नी सीतालाई कोरोना संक्रमण, आईसीयूमा उपचार हुँदै



काठमाडाैँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई कोरोना संक्रमण भएको छ। उनलाई अस्पताल भर्ना गरिएको छ।

सीतालाई कोरोना संक्रमण भएपछि ललितपुरको मेडिसेटी अस्पताल भर्ना गरिएको प्रचण्डको सचिवालयले जनाएको छ। स्वास्थ्यमा सुधार हुन नसकेपछि उनकाे आईसीयूमा राखेर उपचार भइरहेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए।

उनको स्वास्थ्यमा सकारात्मक सुधार भइरहेको मल्लले बताएका छन्। सीता लामो समयदेखि पार्किन्सन्ससँग मिल्दोजुल्दो लक्षण भएको रोगबाट पीडित छन् । कोरोना संक्रमण भएका प्रचण्डको भने रिपोर्ट नेगेटिभ आइसकेको छ।

प्रतिक्रिया दिनुहोस्