अर्पण थापाको ‘घर’ को डरलाग्दो ट्रेलर



काठमाडौं : चलचित्र 'घर'को ट्रेलर सार्वजनिक भएको छ । अर्पण थापाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘घर’को ट्रेलर युटुबबाट सार्वजनिक गरिएको हो ।

चलचित्र हरर जनरामा बनेको छ । ट्रेलर हेर्दा डरसँग सँगै एककिसिमको उत्सुकता पनि पैदा हुन्छ । एउटा घरमा बसेका श्रीमान् श्रीमतीले त्यो घरमा भोगेको आत्मासँगको कथालाई चलचित्रले देखाउन खोजेको छ । 

चलचित्रमा अर्पण थापा, सुरक्षा पन्त, बेनिशा हमाल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । 

डीएस डीजिटलको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । चलचित्र साउनको ३ गतेबाट रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्