विदेशी मुद्रामा प्रदान गर्दै आएको कर्जाको ब्याजको नियम परिवर्तन



काठमाडाैँ : बैंकहरूले निर्यातयोग्य उद्योगहरूलाई विदेशी मुद्रामा प्रदान गर्दै आएको कर्जाको ब्याज सम्बद्ध देशको बेञ्चमार्क ब्याजदरका आधारमा निर्धारण गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले आइतवार निर्देशन जारी गर्दै हालसम्म निर्यातका लागि विदेशी मुद्राको कर्जामा ब्याजदर निर्धारण गर्न लिने आधार ‘लाइबोर दर’लाई हटाएर ‘बेन्चमार्क ब्याजदर’ प्रयोग गर्न निर्देशन दिएको हो।

नयाँ प्रावधानअनुसार बैंकहरूले तयारी पोशाक, गलैँचा, पश्मिना, हस्तकलालगायत वस्तु निर्यातकर्तालाई परिवर्त्य विदेशी मुद्रामा ‘प्रि–सिपमेन्ट‘ र ‘पोस्ट–सिपमेन्ट’ कर्जा प्रवाह गर्दा एकवर्षे बेन्चमार्क ब्याजदरमा १ दशमलव ७५ प्रतिशत थप गरी कर्जाको ब्याजदर निर्धारण गर्नुपर्नेछ । हालसम्म विदेशी मुद्राको ब्याजदर लाइबोर दरका आधारमा निर्धारण हुँदै आएको थियो ।

बैंकहरूले लिवर दरमा १ दशमलव २५ प्रतिशत थप गरी विदेशी मुद्राको कर्जाको ब्याजदर निर्धारण गर्दै आएका थिए । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्