जनकपुरधाम भित्र कसैलाई मदिरा बिक्री गर्ने अधिकार छैन : मेयर लालकिशोर साह



जनकपुरधाम : जनकपुर नगरको परिक्रमा क्षेत्र भित्र कसैलाई मदिरा बिक्री वितरण गर्ने अनुमति न रहेको जनकपुर उपमहानगरपालिका मेयर लालकिशोर साहले बताएका छन् । 

नगर भित्र विद्यालय क्षेत्र वर पर मदिरा र सुर्ती जन्य पदार्थ बिक्री वितरण गर्न हुने न हुने विषयमा आयोजित कार्यक्रममा मेयर साहले यहाँ परिक्रमा क्षेत्र भित्र कुनै होटल भव्यसायीसँग मदिरा बिक्री गर्ने लाइसेन्स न रहेको स्पष्ट पारेका छन् । 

उनले लाइसेन्स लिँदा शाकाहारी भनेर लिएको तर बिक्री वितरण गर्दा मांसहारी बिक्री वितरण भएको देखिएको प्रति मेयर साहले चिन्ता व्यक्त गरेका छन् । जनकपुरबाट जनकपुरधाम बनाउने अभियानमा शुरु बैठकबाट नै निर्णय गरेको जिकिर गर्दै मेयर साहले भने हामी पहिलो चरणमा आफ्नै कार्यालय भित्र पान, गुटखा, विडि, सिगरेट खैनी खान पूर्ण बन्देज लगाई अगाडि बढेको बताएका छन् । 

धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी सरद पोखरेलले अर्थ पूर्ण सभागिताका साथ कार्य गर्न आग्रह गर्दै उनले जिल्ला प्रशासन कार्यालय सकारत्मक कार्यमा सधै साथ रहने प्रतिबद्धता व्यक्त गरे ।

जनकपुर नागरिक समाजका अगुवा मुरली मनोहर मिश्रले हामी निःशुल्क रुपमा घरबाट खाना खाएर कार्य गर्न तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्दै उनले भने, ‘अब नगर भित्रको गलत क्रियाकलापलाई एक्सनमा आएर कार्य गर्नुपर्छ ।’

कार्यक्रममा नेपाली कांग्रेसका नगर अध्यक्ष मनोज साहले नगरलाई समृद्धि बनाउन अब उपमहानगरले इमान्दारीका साथ प्रस्तुत हुन सुझाव दिएका छन् ।

उनले नगर भित्र थुप्रै चुनौती रहेको जिकिर गर्दै उनले नियम र कानून बमोजिम सबैको सहयोग लिएर अगाडि बढन सुझाव दिए ।उपमहानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा अनाथालयका सञ्चालन सन्त कवीर आलोकले नगर भित्र बली प्रदान तत्काल बन्द गर्नु पर्ने सुझाव दिएका छन् ।

युवा अगुवा सरोज मिश्रले सम्वाद र छलफल धेरै भयो अब कार्यान्वयनमा जानु पर्ने बेला आएको बताएका छन् । शिक्षक र विद्यार्थी एउटै होटलमा बसेर मदिरा सेवन गरेको दृश्य सहजै हेर्न सकिन्छ मिश्रले तत्काल सच्चीन आग्रह गरे ।

महिला नेत्री विभा ठाकुरले कार्यक्रममा मन्तव्य व्यक्त गर्दै आफू महिलाहरुको एक समूहले धनुषा मा सबै सरोकार वाला ज्ञापन पत्र समेत बुझाएको बताएका हुन् ।  

ठाकुरले भने, गत भदौ २२ नै प्रमुख जिला अधिकारी र उपमहानगर पालिका लगायत सबै स्थानमा मदिरा बिक्री वितरण बन्द गर्न गराउन लिखित ध्यानाकर्षण समेत गराई सकेको  भएतापनि कुनै सुनवाई नभएकोमा आक्रोश व्यक्त गरे । 

नगरको शिक्षा सुधार गर्न शिक्षकलाई पहिले सुधार गर्नुपर्छ । जनकपुरमा अबैध विद्यालय सञ्चालन रहेको र त्यसलाई पनि निगरानी गर्नु पर्छ वक्ताहरुले बताएका छन् 

जनकपुर उपमहानगर पालिकाको सभाहलमा अयोजित सर्वपक्षीय बैठकमा इन्जिनियर प्रकाश चन्द्र साहले जनकपुर नगर परिक्रमा क्षेत्र भित्र मध्यमांस मदिरा निषेध गर्न पूर्व होटल र मदिरा व्यसायीसन्ग पनि विमर्श गर्नु पर्ने सुझाव दिएका छन् । 

जनकपुर परिक्रमा क्षेत्र भित्र सञ्चालनमा रहेको मदिरा पसलको अनुमति कसले कसरी दिएका छन त्यसबारे सोध खोज गर्न एउटा समिति बनाएर अगाडि बढन साहको सुझाव छ । 

जनकपुरको विद्यालय छेउ छाउमा अझै मदिरा पसल खुलेआम बिक्री वितरण भइरहेको जिकिर गर्दै प्याबसन धनुषाका पदाधिकारीले चिन्ता व्यक्त गरे । विद्यालय अगाडि नै बीडी सिगरेट गुटखाहरु बिक्री वितरण हुँदा विद्यार्थीहरुमा नकारत्मक प्रभाव परेकोले गर्दा कडा रुपमा प्रस्तुत हुन सम्बन्धित निकाइलाई ध्यानाकर्षण गराइएको छ । 

जनकपुरमा गैर कानूनी रुपमा कसले लाइसेन्स वितरण गरेका छन्, को छन् संरक्षक त्यसलाई खोजी गर्नुपर्ने तर्क नागरिक समाजले दिएका छन् । जनकपुर धार्मिक नगरी बनाउने की मदिरा युक्त नगरी बनाउने जिम्मा अब नगरपालिका र यहाँका प्रशासनको रहेको स्थानियले कार्यक्रममा सुझाव दिएका छन ।

 

प्रतिक्रिया दिनुहोस्