पाकिस्तानीका अफ्रिदी बने वर्ष क्रिकेटर



काठमाडौं । पाकिस्तानी बलर शाहिन शाह अफ्रिदीले आईसीसी क्रिकेटर अफ दी इअरको अवार्ड जितेका छन् ।
सन् २०२१ मा अफ्रिदीले ३६ खेल खेल्दै ७८ विकेट लिएका थिए । उनी आईसीसी क्रिकेटर अफ दी इअरको अवार्ड पाउने पहिलो पाकिस्तानी खेलाडी पनि बनेका छन् ।
पुरुषतर्फ पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर अजामले आईसिसी ‘ओडिआई क्रिकेटर अफ् दी इअर’ र इङल्यान्डका कप्तान जोय रुटले ‘टेस्ट क्रिकेटर अफ् दी इअर’को अवार्ड जितेका छन् ।
बाबरले सन् २०२१ मा ६ एकदिवसीय खेल खेल्दै ६७.५०को औसतमा ४ सय ५ रन जोडेका थिए । इङल्यान्डविरुद्धको एक खेलमा बाबरले १ सय ५८ रन बनाएका थिए ।
यस्तै, सन् २०२१ मा रुटले १५ टेस्ट खेल्दै ६ सतकसहित १ हजार ७ सय आठ रन जोडेका थिए । उनी एक क्यालेन्डर वर्षमा १७ सय टेस्ट रन बनाउने इतिहासकै तेस्रो ब्याट्सम्यान हुन् । यसअघि इङलिस खेलाडीका रुपमा अन्तिमपटक एलेस्टर कुकले सन् २०११ मा यो अवार्ड हात पारेका थिए ।
चेन्नईमा भएको चार खेलको टेस्ट शृंखलाको पहिलो खेलमा घरेलु टोलीविरुद्ध दुई सय १८ रनको इनिङ रुटको करियरकै स्मरणयोग्य पारीका रुपमा रहेको थियो ।
पकिस्तानका विकेटकिपरसमेत रहेका प्रारम्भिक ब्याट्सम्यान मोहम्मद रिजवान आईसीसी‘टी–२० क्रिकेटर अफ दी इअर’ घोषित भए । महिला तर्फ भारतीय क्रिकेटर स्मृती मन्धना ‘आईसीसी वुमन्स क्रिकेटर अफ दी इअर’ घोषित भएकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्