जनगणनाको प्रारम्भिक नतिजा बुधबार सार्वजनिक हुने



काठमाडौं । राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा बुधबार सार्वजनिक गरिने भएको छ । जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणको २०७८ कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म भएको थियो ।
नेपालको संविधान, २०७२ पछि मुलुकमा भएको पहिलो जनगणनाको प्रारम्भिक नतिजा यही माघ १२ गते बुधबार भर्चुअल रुपमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने राष्ट्रिय योजना आयोग मातहतको केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्