मोटरसाइकल एक आपसमा ठोक्किँदा एकको मृत्यु



झापा : दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा झापामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार मृत्यु हुनेमा गौरादह नगरपालिका ५ बस्ने ३० वर्षीय टेकनाथ घिमिरे रहेका छन्।

दुर्घटना परी गौरदाह नगरपालिका ५ बस्ने ३१ वर्षीया यमुनादेवी न्यौपाने दमक नगरपालिका १५ बस्ने २० वर्षीय जीवन भण्डारी, दमक नगरपालिका ९ बस्ने २३ वर्षीय कर्म उराउ घाइते भएका छन्।

पूर्व पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोडमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मोटरसाइकलले विपरीत दिशाबाट जाँदै गरेको मोटरसाइकलाई ठक्कर दिँदा दुर्घटना भएको थियो। मोटरसाइकलले कारलाई ओभरटेक गर्न खोज्दा अर्को मोटरसाइकलसँग ठोक्किएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्