भारतमा २ लाख ८६ हजार ३८४ जनामा कोरोना पुष्टि



एजेन्सी : भारतमा पछिल्लो पछिल्लो २४ घन्टामा २ लाख ८६ हजार ३८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको दैनिक संक्रमणदर १९।५९ प्रतिशत रहेको छ ।

केही दिनयता भारतमा कोरोना संक्रमणको रफ्तारमा भने कमी आएको छ । हिजो २ लाख ८५ हजार ९१४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसैगरि सोमवार ३ लाख ६ हजार ६४ जना, आइतवार ३ लाख ३३ हजार ५३३ जना र शनिबार ३ लाख ३७ हजार ७०४ जनामा कोरोना संक्रमण देखिएको थियो । शुक्रवार भने संक्रमितको संख्या ३ लाख ४७ हजार २५४ थियो ।

त्यसैगरि पछिल्लो २४ घन्टामा ३ लाख ६ हजार ३५७ जना कोरोना संक्रमणमुक्त हुँदा संक्रमणका कारण ५७३ जनाो मृत्यु भएको छ । भारतमा सक्रिय संक्रमितको संख्या २२ लाख २ हजार ४७२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्