घरभित्रै निस्सासिएर काठमाडौँमा दम्पत्तीको मृत्यु



काठमाडौँ : काठमाडौँको शंखरापुर नगरपालिका ३ बोझेनीमा घरभित्रै निस्सासिएर दम्पत्तीको मृत्यु भएको छ । मृत्यु हुनेमा ५२ वर्षीय पदमबहादुर थिङ र उनका श्रीमती ४५ वर्षीया फुलमाया थिङ रहेको महानगरीय प्रहरी प्रभाग साँखुले जनाएको छ ।

गएराति आफ्नै घरमा आगो बालेर सुतेका उनीहरू बिहान मृत भेटिएको महानगरीय प्रहरी प्रभाग साँखुकी प्रहरी प्रमुख इन्सपेक्टर जानुका खरेलले जानकारी दिएकी छिन् ।

उनका अनुसार अहिले प्रहरी घटनास्थल पुगेको छ । थिङ दम्पत्तीका छोरा सुनिल भने सकुसल छन् । बुवा(आमा अचेत अवस्थामा देखेपछि उनले प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्