सच्चा जीवनसाथी मिलाइदिने अनाैठाे कम्पनी, जसले डीएनएसमेत खाेजी गर्छ



जापानको एक कम्पनीले जोडी मिलाउने सेवा सुरु गरेको छ। यो आफैंमा एक अनौठो छ। यो कम्पनी पेसा, तलब, अनुहार, सुन्दरताको आधारमा डिएनए मिलाँउछ। यसमा व्यक्तिको रुचि र अन्य विवरण समेटिएको फर्म भर्नु पर्दछ। यो सेवालाई जापानका युवाले पनि एकदमै मन पराएका छन्। प्रत्येक महिनामा २०० भन्दा बढी युवाले सेवा लिइरहेका छन्। 

करिब २५ सालदेखि जोडी मिलाउँदै आएको उक्त कम्पनीले हालै टोकियाेमा नजिककाे गिंजा भन्ने ठाउँमा पहिलो पटक जोडी मिलाउने पार्टी राखेको थियो। त्यहाँ २६ जनाले जीवनसाथी फेला पार्न सफल भएका छन्। यहाँ मिलाइएका जोडी लगभग ८० प्रतिशत समान हुने गरेका छन्।

एक जोडीको रेटिङ त ९८ प्रतिशत मिल्न सफल भयो। पुरुष र महिलाको उमेर क्रमशः ४१ र ३२ वर्ष थियो। ती महिलाका अनुसार यो ठूलो जोडा मिलाउने अवसर भएकाे र कुरा गर्न सजिलो महसुस भयो। पुरुषले भने कोही यति धेरै मिल्दोजुल्दो हुन्छ भन्ने कुरा यहाँ आएर मात्र थाहा पाएकाे बताएका थिए। उक्त पार्टीबाटै दुवै जनाले जिन्दगीभर साथ निभाउने बाचा गरेका छन्।   

डीएनए मिलाउन यस सेवामा जोडिनेलाई २१ हजार रुपैयाँ लाग्छ भने जोडी पक्का भइसकेपछि ३४ हजार रुपैयाँ तिर्नुपर्छ। डीएनए परीक्षणका लागि शिवागावा ल्याबमा पठाउँछन्। ल्याबमा दुई जनामा के के समानता छ भनेर विश्लेषण गरिन्छ र नम्बर दिइन्छ।  

जापानमा पहिलो पटक सुरु भएको उक्त कम्पनीकाअनुसार, ‘जो मान्छेसँग भेट्न हिचकिचाउँछन्, संकाेच मान्छन्, तथा अनलाइनमा मात्र भेट्दा दिक्दार भइसकेका हुन्छन्। यो एकदमै उपयोगी हुन सक्छन्। यो सच्चा जीवनसाथी पाउने राम्रो बाटो हुन सक्छ। 

प्रतिक्रिया दिनुहोस्