कम्युनिस्ट सरकारले बुढीगण्डकी बनाउन सक्दैन : नेता पौडेल 



धादिङ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको ठेक्का चीनको गेजुवालाई दिनु बदनियतपूर्ण रहेको बताएका छन्। आफ्नै लगानीमा बन्न सक्ने स्थिति हुँदाहुँदै पनि सरकारले विदेशी कम्पनीलाई दिएर कमिसनखोरीलाई आश्रय दिएको आरोप लगाए।

धादिङमा शनिबार पार्टीको जागरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले कम्युनिस्ट सरकारले देशलाई अस्थिरतातर्फ धकेलेको आरोप लगाए। पौडेलले कम्युनिस्ट सरकारले सिङ्गो मुलुकलाई नै कम्युनिस्टकरण गर्न खोजेको भन्दै यो सरकार आफ्नै कारणले ढल्ने ठोकुवा गरे। 

प्रतिक्रिया दिनुहोस्