वीरगञ्जमा ‘गो ब्याक चाइना’ को नारा



काठमाडौं । राष्ट्रिय एकता अभियानले चिनियाँ हस्तक्षेपविरूद्ध पर्सामा प्रदर्शन गरेको छ । पर्साको वीरगञ्जस्थित घण्टाघरमा भएको प्रदर्शनका क्रममा चिनियाँ राष्ट्रपति सी चिङपिङविरूद्ध चर्को नाराबाजी लगाइएको हो ।
प्रदर्शनका क्रममा अभियानका अभियन्ताहरुले चीन सरकार मुर्दावाद, चिनियाँ हस्तक्षेप बन्द गर, सीमा अतिक्रमण बन्द गर, अघोषित नाकाबन्दी खुला गर र नेपाली विद्यार्थीहरुको पढाइ सुचारु गर लगायतका नारासमेत लगाएका थिए ।
त्यस्तै नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै अभियन्ताहरुले ‘गो ब्याक चाइना’ लगायतका प्ले कार्ड बोकेर चीनविरुद्ध नारा लगाएका थिए ।
अभियान निकट राष्ट्रिय विद्यार्थी परिषद्का केन्द्रीय संयोजक विवेक कुशवाहाको नेतृत्वमा भएको प्रदर्शनमा चिनियाँ राष्ट्रपति सीको पुत्ला पनि दहन गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्