भारतकी चर्चित गायिका नेहा कक्कर नेपालमा 



काठामडौं : भारतकी चर्चित गायिका नेहा कक्कर नेपाल आइपुगेकी छिन् । शनिबार काठमाडौंको ठमेलस्थित 'लर्ड अफ द ड्रिङ्स'मा हुने कार्यक्रममा आफ्नो  प्रस्तुती दिन उनी नेपाल आएकी हुन् । 

पहिलो पटक नेपाल आएकी कक्करले शनिबार २५ सय दर्शक सामु आफ्नो प्रस्तुति दिनेछिन् । कार्यक्रम ८ बजेबाट शुरु हुने जनाइएको छ ।

नेपाली कलाकारको समेत प्रस्तुति रहने उक्त कार्यक्रमलाई प्यारामाउन्ट इन्टरटेनमेन्टले आयोजना गरेको छ । कार्यक्रमका लागि पूरै टिकट बूकिङ भइसकेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्