हिराेभन्दा बढी पारिश्रमिक लिन्छन्



दक्षिण भारतीय फिल्म हेर्ने जो कसैले चिन्छन् ब्रम्हानन्दमलाई। टलिउडका अधिकांश फिल्ममा उनी हुन्छन्। उनको पूरा नाम ब्रम्हानन्दम कन्नेगन्ती हो। १ फेब्रुअरी १९५६ आन्द्र प्रदेशको साटेनापल्ली जिल्लाको मुपल्ला गाउँमा जन्मिएका उनको परिवारको आर्थिक अवस्था नाजुक थियो। परिवार धान्नै मुस्किल थियो। यसका बाबजुद मेहनती ब्रम्हानन्दमले एमए तहको शिक्षा हासिल गरे। त्यही क्रममा उनले बतौर तेलुगा लेक्चरर अत्तिलली कजेलमा जागिर खान सुरु गरे। 

इन्टर कलेज ड्रामा प्रतियोगितामा बेस्ट सर्पोटिङ कलाकारको पुरस्कार जितेपछि ब्रम्हाको कलाकौशल धेरैसामु पुगेको थियो । त्यहिबेला देखि नै उनको अभिनयमा रुचि बढ्दै गयो। त्यसपछि उनले विभिन्न नाटकमा अभिनय गर्नुका साथै नाटक प्रतियोगितामा भाग लिन थाले। सानो रोलबाट चलचित्र क्षेत्रमा प्रवेश गरेका उनी अहिले साउथ फिल्मका चलेका हिरो भन्दा कम लोकप्रिय छैनन्। नेपालमा पनि उनको फ्यान धेरै छन्। 

फिल्ममा जुन सुपरस्टार भएपनि जब ब्रम्हानन्दमको इन्ट्री हुन्छ तब सिनेमा घरमा सिट्ठी र तालीको गडगडाहट सरु हुन्छ। तर यँहासम्म आउन उनले कठिन सर्घष गरेका छन्। युटुवमा साउथ मुभी खोज्दा उनी छैन कि छैनन् भनेर पहिला हेर्ने पनि धेरै भेटिन्छन्। त्यसैकारण युटुवमा फिल्म अपलोड गर्दा  उनको फोटो ट्याग लगाउने पनि कम छैनन्।

उनले सन् २००७ मा एउटै भाषामा ७०० भन्दा धेरै फिल्म गरेर रेकर्ड बनाएका थिए । उनलाई सन् २००९ मा चलचित्र क्षेत्रमा योगदान पुर्याएका कारण भारतको महत्वपूर्ण पद्यश्रीबाट सम्मान गरिएको थियो ।

सानै भूमिका किन नहोस्, उनले एउटा फिल्म खेलेको कम्तीमा १ करोड रुपैयाँ लिन्छन्। कहिलेकाहीँ उनको पारिश्रमिक फिल्मको हिरो र हिरोइनको भन्दा ज्यादा हुन्छ। भारतीय सञ्चारमाध्यमका अनुसार सामान्य चलेका र नयाँ हिरोको तुलनामा ब्रम्हाको पारिश्रमिक ज्यादा हुन्छ ।हाल ब्रम्हानन्दमसँग करिब ३२० करोड बराबरको सम्पत्ति छ । हैदराबदको जुबली हिल्समा उनको एउटा बडेमानको महल छ ।

पछिल्लो समय साउथ इन्डियन फिल्म निर्देशक जन्धयालाको ‘मोद्दाबाई’ नाम को नाटकमा ब्रम्हानन्दमले अभिनय गरेका छन् । जसमा ब्रम्हानन्दमले तारिफै तारिफ पाएका छन् ।

सुरूमा उनलाई ‘चन्ताबाबाई’ नामको एक फिल्ममा सानो रोल अफर आएको थियो । यही फिल्मबाट ब्रम्हानन्दमको फिल्मी करियरको सुरुवात भएको थियो ।

यो मुभी गरेपछि उनले जीवनमा पछाडि फर्केर हेर्नुपरेन। अहिलेसम्म उनले हजारभन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन्। उनको बहुचर्चित फिल्म ‘अहा ना पेल्लानता, ‘अप्पुला अप्पा राव’, किङ, रेड्डी, रच्चा, आर्या २ र बापुल हुन् ।

प्रतिक्रिया दिनुहोस्