बेनी–कोरला सडक निर्माण तीव्र पार्न दबाब



मुुस्ताङ : उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले ठेकेदारसँग काम छिटो गर्न आग्रह गरेको छ। आयोजनाले मुुस्ताङबाट निर्वाचित संघीय सांसद प्रेमप्रसाद तुुलाचन, म्याग्दीका प्रमुख जिल्ला अधिकारी स्थानीय जनप्रतिनिधिसहित बिहीबार ठेकेदारमाथि दबाब सिर्जना गरेको हो।

आयोजनाले मुुस्ताङ र म्याग्दी दुवैलाई पायक पर्ने म्याग्दीको तातोपानीमा छलफल गरेको हो। आयोजनाले बेनीदेखि कोरलासम्म ११ वटा खण्डको काम र उक्त क्षेत्रमा पर्ने निर्माणाधीन १२ पुुल निर्माण गर्ने कन्स्ट्रक्सन कम्पनीलाई एकै ठाउँमा भेला गराएर छलफल गरेको आयोजना प्रमुुख मुुकुुन्द अधिकारीले जानकारी दिए। उनले कोरला सडकमा भइरहेको प्रगति र काममा भइरहेको ढिलाइका सम्बन्धमा बृहत छलफल भएको आयोजना प्रमुुख अधिकारीले बताए।

आयोजना प्रमुुख अधिकारीका अनुुसार राष्ट्रिय गौरवको आयोजनामा भइरहेको ढिलाइ हटाएर तीव्र बनाउन ठेकेदारलाई सुुझाइएको हो। सरकारले सार्वजनिक खरिद नियमावली संशोधन गरेकाले परिवर्तित नियमानुुसार निर्माण गर्न ठेकेदार कम्पनीलाई जानकारी गराइएको आयोजना प्रमुुख अधिकारीले उल्लेख गरे।

म्याग्दी र मुुस्ताङ प्रशासनको संयुक्त रोहबरमा भएको छलफलमा ११ वटै खण्डका निर्माण कम्पनीका आधिकारिक प्रतिनिधिले सबै ठेक्काको प्रगति समीक्षा गर्दै निर्धारित समय तोकी काम सक्न प्रतिबद्धता जनाएका छन् ।  आयोजनाले गरेका अहिलेसम्मका बैठकमध्ये यो बृहत् भएको आयोजनाका इन्जिनियर जगत प्रजापतीले जानकारी दिए।

जोमसोम–कोरला सडक निर्माण सम्झौता ०७३ असार पहिलोसाता भएको हो। कुुल ७ खण्डमा भइरहेको सडकको उपल्लो मुुस्ताङको छोसेर कोरला १८ किलोमिटर सडक आयोजनालाई हस्तान्तरण भइसकेको छ। २ वर्षभित्र सक्ने सम्झौता भएको जोमसोम–कोरला सडकको समयसीमा दोस्रोपटक म्याद थपिएको हो।

थपिएको समय पनि असारमा म्याद सकिँदै छ। यहाँको पूरै काम आगामी दसंैभित्र सम्पन्न हुुने जनाइएको छ। आयोजनाले बेनी–जोमसोम सडक ४ खण्डमा काम भइरहेको जनाएको छ। ०७४ जेठमा सम्झौता भएको सडकको अवधि साढे २ वर्ष छ। यही आउँदो मंसिरमा सम्झौता अवधि सकिँदै छ।

म्याग्दी तातोपानीमा भएको छलफलमा तामाङ गौरी पार्वती, कोसी एन्ड न्यौपाने जेभीले निर्माणको जिम्मा लिएको उपल्लो मुुस्ताङको चराङदेखि छोसेरसम्मको २५ किलोमिटर सडकमा रोकिएको काम फेरि थाल्न प्रतिबद्धता गरेको आयोजनाले जनाएको छ। राष्ट्रिय गौरवको आयोजना कलिगण्डकी करिडोरमा कुुल १ हजार मजदुुर कार्यरत छन् भने ७० भन्दा बढी सडक खन्ने मेसिन प्रयोग भइरहेको आयोजनाको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्