चिनियाँ राजदूतलाई यूकेको संसदमा प्रतिबन्ध



एजेन्सी : चीनले केही ब्रिटिश सांसदमाथि प्रतिबन्ध लगाएपछि यूकेले चिनियाँ राजदूतलाई संसद्मा प्रतिबन्ध लगाएको छ । चीनसम्बन्धी सर्वदलीय समूहले आयोजना गर्न लागेको संसद्को एउटा जमघटमा झङ जगवाङ सहभागी हुन लागेका थिए ।

तर विरोध भएपछि तल्लो सदनका सभामुख लिन्ड्जी होयल र माथिल्लो सदन हाउस अफ लर्ड्सका सभामुख लर्ड मक्फलले झङको सहभागिता सम्भव नभएको बताए । चिनियाँ दूतावासले यो एउटा “घृणित र कायर“ निर्णय रहेको र यसले दुवै देशको हितलाई हानि पु¥याउने जनाएको छ ।

प्रतिबन्धसम्बन्धी समाचार दुई देशका सरकारबीच तनाव चुलिएका बेला आएको हो । प्रतिबन्धबारे डेली टेलिग्राफले पहिलो पटक समाचार प्रकाशित गरेको थियो । गत मार्चमा चीनले तल्लो सभाका पाँचर माथिल्लो सभाका दुई सांसदमाथि यात्रासम्बन्धी प्रतिबन्ध लागु गरेको थियो र उनीहरूको सम्पत्ति रोक्का गर्ने निर्णय गरेको थियो।

उनीहरूमाथि चीनबारे अफवाह फैलाएको आरोप लगाइएको छ । शिन्जियाङमा मानव अधिकारको उल्लङ्घन गरेको भन्दै चिनियाँ अधिकारीहरूमाथि यूकेले पहिलो पटक लगाएको प्रतिबन्धको प्रत्युत्तरमा चीनले त्यस्तो कदम उठाएको थियो । बीबीसी

प्रतिक्रिया दिनुहोस्