बारामा आगलागीबाट ५ लाखभन्दा बढीको क्षति



जनकपुरधाम : बारामा आगलागीबाट लाखौंको क्षति भएको प्रदेश २ प्रहरीले जनाएको छ। सुवर्ण गाँउपालिका–२ निवासी सरोज यादवको घर र घरनजिको गोठमा भएको आगलागीबाट साढे ५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको इलाका प्रहरी कार्यालय कवही बाराले जनाएको छ।

शनिबार राति करिब १० बजे घरमा लामखुट्टे धपाउन बालेको घुरबाट घर र गोठमा आगो सल्किँदा यादवको घर र घरमा रहेको अन्नपात, लत्ताकपडा, नगद तथा गरगहना नष्ट भएको थियो। साथै गोठका भैंसी एउटा, एउटा पाडो, ४ वटा खसीबाख्रासमेत मरेका छन्। तर कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगलागी शनिबार राति करिब ११ बजे नियन्त्रणमा आएको प्रदेश प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्