सारेगमपको फाइनल आज, जित्लान् नेपालका दुई बालकले 



काठमाडौं :  भारतीय टेलिभिजन जी टिभीबाट प्रशारण हुने ‘रियालिटी सो सारेगमपा लिटल च्याम्प्स’ को २०१९ संस्करणको फाइनल कार्यक्रम आज राती  हुँदै छ। प्रतियोगिताको फाइनलमा दुई नेपाली बालक आयुष केसी र प्रीतम आचार्य पनि फाइनलमा पुगेका छन्।

उनीहरूसँग अन्य चार जना भारतीय फाइनमा पुगेका छन्। नेपाली समय अनुसार आज राति ८ बजेर १५ मिनेटमा जी टिभीबाट उक्त कार्यक्रमको फिनाले हुनेछ।फाइनलमा पुगेका आयुष २०७३ सालमा नेपालमै आयोजना गरिएको सुरशाला जुनियर आइडलमा विजेता हुन् भने प्रीतम दोस्रो भएका थिए।

प्रतिस्पर्धीहरूको साङ्गीतिक प्रस्तुतिपछि निर्णायक र दर्शकको मतका आधारमा एक साता अघि केसी र आचार्यसहित छ जना फाइनलका लागि चयन भएका हुन्। गत फेब्रुअरी ९ बाट सुरु भएको साङ्गीतिक प्रतिस्पर्धामा पाँचदेखि १४ वर्षसम्मका बालबालिकाहरूलाई सहभागी गराइएको छ। उनीहरू डिजिटल राउन्ड, विभिन्न स्थानमा भएका अडिसन, मेगा अडिसन हुँदै अहिले फाइनल राउन्डमा पुगेका हुन्।

प्रतिक्रिया दिनुहोस्