यसकारण सलमान लगाउँछन् कालो कपडा



यतिबेला भारतीय अभिनेता सलमान खानको फिल्म भारतले रेकर्ड तोडेर कमाइ गरिरहेको छ । भारत फिल्मले पहिलो दिनको कमाइमा रेकर्ड राखेको छ । सलमानको यसअघि चलेका फिल्म भन्दा भारतले पहिलो दिन धेरै कमाइ गरेको हो । 

सलमानले बनाएको अधिकांश जसो फिल्मले राम्रो कमाइ गरिरहेका कारण उनी सदावाहर अभिनेता हुन् । सलमानले अहिलेसम्म विवाह गरेका छैनन् । ५० काटेका सलमानको नाम विभिन्न अभिनेत्रीहरुसँग जोडिने गरेको भएपनि उनको विवाह भने भएको छैन ।

सलमानको कुरा गर्दा उनको केही विषेशता छन् । विइङ हमनको टिसर्ट लगाएर मानतावादी संस्थासमेत चलाएका सलमान खान प्रायः कालो रङको कपडामा देखिन्छन् । जसलाई तपाईले पनि याद गर्नु भएको होला ।

उनी धेरैजसो कालो रङको कपडाहरुमा देखिन्छन् । उनी सधैँ किन कालो रङकै कपडामा देखिन्छन् त ? भनि उनका फ्यानहरुले प्रश्न गर्ने गरेका छन् भने यस बारेमा समाचारहरुपनि सार्वजनिक हुने गरेको छ ।

उनका फेशन डिजाइनर एशले रेबेलोले उनको यो राजको पर्दा खोलिदिएका छन् । उनले केही समय अघि सञ्जालमा प्रश्नोत्तरवाला खेल खेलेका थिए । त्यसैक्रममा एक समर्थले सलमानको कपडा बदल्न आग्रह गरेका थिए ।

उक्त प्रश्नको जवाफमा उनले सलमान खानलाई कालो रङ मात्रै मन पर्ने र उनी सोही रङको कपडा लगाउँन मन पराउने बताए ।

प्रतिक्रिया दिनुहोस्