नेहा कक्करकाे पहिलाे लाइभ शो’मै लफडा



काठमाडौं : भारतीय गायिका नेहा कक्करले नेपालमा प्रस्तुति दिएको पहिलो कार्यक्रममा तनाव भएको छ । काठमाडौंको ठमेलस्थित लर्ड अफ द ड्रिङ्क्समा शनिवार राति भएको ‘नेहा कक्कर लाइभ शो’मा तनाव सिर्जना भएको हो । कार्यक्रममा सिट क्षमताभन्दा बढी मान्छे आएपछि समस्या उत्पन्न भएको थियो ।

आयोजक प्यारामाउन्ट इन्टरटेनमेन्ट प्रालिले दर्शकको सिट क्षमताभन्दा बढी टिकट बेचेको भन्दै दर्शक बिच्किएका थिए । कार्यक्रम स्थलमा तनाव सिर्जना भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

कार्यक्रम स्थलबाट आयोजक दीपक घिमिरे र लर्ड क्लबका सञ्चालक भुपेन गिरीलाई प्रहरीले पक्राउ गरेको हो । यस्तै अर्का सञ्चालकलाई पनि प्रहरीले पक्राउ गरेको हो ।

यसबारेमा थप अनुसन्धान भइरहेको छ । पहिलोपटक नेहा कक्कर नेपालमा प्रस्तुति दिन आउने भएपछि टिकटको अग्रिम बूकिङ नै आक्रामक बनेको थियो । पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा थुनामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्