हट अभिनेत्री सौन्दर्याको कोठामा बाँदर पसेर खाटमा सुतेपछि …



मुम्बई : अभिनेत्री सौन्दर्या शर्माको कोठामा एकाएक बाँदर पसेपछि हंगामा भएको छ । उनको कोठामा एकाबिहानै बाँदर पसेपछि शर्मा तनावमा आएकी थिइन् । अनौठो त त्यतिबेला भयो जतिबेला बिहानको खाजा खाएपछि बाँदर केहीबेरमा त्यहाँबाट बाटो लाग्यो ।

सौन्दर्याले सामाजिक सञ्जालमा भिडियो शेयर गर्दै क्याप्सनमा लेखेकी छिन्, ‘ठग लाइफ, ऊ बिहान बिहानै मेरो कोठामा घुस्यो र खाजा खाएर जान इन्कार गर्‍यो ’ सौन्दर्याले लेखेकी छिन्, ऊ आफ्नो खाजा खाएर मेरा बिस्तारामा आराम ग–यो र सुत्यो । त्यतिबेला म चिच्याइरहेकी थिएँ र फोटो पनि खिचेकी थिएँ ।’

सौन्दर्याले आफूसँग योभन्दा अरु उपाय नभएको पनि बताएकी छिन् । खासै चर्चामा नआएकी सौन्दर्या सन् २०१७ मा ‘राँची डायरीज’ मा देखिएकी थिइन् । यो फिल्ममा उनी अनुपम खेर, हिमांश कोहली लगायतका कलाकारसँग देखिएकी थिइन् । 

प्रतिक्रिया दिनुहोस्