सारेगमपमा नेपालका प्रितम आचार्य सेकेन्ड रनर-अप, आयुष केसी चौथो 



काठमाडौं : जी टिभिबाट प्रशारण हुने भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा दुई नेपाली बालकले राम्रो स्थान ओगट्न सफल भएका छन् । 

नेपालका प्रतिभाशाली बाल-कलाकार प्रितम आचार्य सेकेन्ड रनर-अप तथा अर्का नेपाली प्रतिस्पर्धी बाल-प्रतिभा आयुष केसीले चौथो स्थान ओगट्न सफल भएका हुन् ।

सो कार्यक्रमको फाइनलमा ६ जना प्रतिस्पर्धी पुगेका थिए ।

सुनसरीको इटहरी उपमहानगरपालिका ५ का प्रितमले अडिसनदेखि नै निर्णायकहरुको मन जित्दै आएका थिए भने स्रोतारदर्शकको मनमा समेत बस्न उनी सफल थिए । उनी ४ वर्षको हुँदादेखि नै गीत गाउन थालेको बताइन्छ । 

प्रतिक्रिया दिनुहोस्