प्रजातन्त्रवादी नेतृ सुकीविरुद्ध अर्काे नयाँ मुद्धा दर्ता



एजेन्सी : प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीविरुद्ध अर्काे नयाँ मुद्धा दर्ता भएको छ । म्यानमारमा सत्तामा आएको सेनाले सुकीविरुद्ध चुनावमा धाँधली गरि जितेको आरोप लगाउँदै मुद्धा दर्ता गरेको हो ।

म्यानमारको सेनाले ‘कू’ गरेको एक वर्षपछि सुकीविरुद्ध नयाँ मुद्दा दर्ता गरेको हो । मुलुकको निर्वाचन आयोगलाई प्रभावमा पारी सन् २०२० को निर्वाचनमा धाँधली गरेको आरोप लगाउँदै उनीविरुद्ध मुद्दा दर्ता गरिएको स्रोतलाई उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका हुन् ।

सुकीविरुद्ध दर्ता गरिएको नयाँ मुद्दा ६ महिनाभित्र छिनोफानो हुने समेत स्रोतले जनाएको छ ।  उनीसँगै पूर्व राष्ट्रपति एवं नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)  का प्रभावशाली नेता विङ मिङ्टविरुद्ध समेत निर्वाचनमा धाँधली गरेको आरोप लगाइएको छ ।

सेनाले हाल हिरासतमा रहेकी सुकीमाथि विभिन्न आरोपमा मुद्दा दर्ता गरिसकेको छ । यदि उनी सबै आरोपमा दोषी ठहर भए १०० वर्षभन्दा बढी जेल जसाय हुन सक्ने समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्