अर्ब क्लबमा सामेल सलमानका १४ फिल्म



बलिउडमा नायक सलमान खानले नयाँ नयाँ रेकर्ड राख्ने गरेका  छन् । चलचित्र हिट वा फ्लपले उनको करिअरलाई कुनै पनि असर पारेको छैन । किनकी, सलमान खानले बनाएको रेकर्ड तोड्न बलिउडका अन्य नायकलाई मुश्किल पर्ने देखिएको छ ।

सलमान अभिनित १४ वटा चलचित्र सय करोड भन्दा बढी कमाउन सफल छन् । उनको ब्याक टू ब्याक १४ वटा चलचित्र सय करोड कमाउन सफल भएका छन् ।सलमान अभिनित ‘सुल्तान, टाइगर जिन्दा हे र बजरंगी भाइजान’ ३ सय करोड कमाउन सफल छन् । यस्तै, ‘प्रेम रतन धन पायो र किक’ले २ सय करोड कमाएका थिए ।

दर्शक प्रतिक्रिया मिश्रित पाइरहेका सलमानको भारत फिल्मले चलिचित्र रिलिजको चौथौ दिन सम्म १२२ करोड माथिको व्यापा।र गरेका छन्। सलमानको १४ वटा चलचित्र लगातार सय करोड क्लबमा प्रवेश गरेसँगै यो नयाँ रेकर्ड समेत बनेको छ । उनी अभिनित ‘एक था टाइगर, रेश ३, दबंग २, बडिगार्ड, दबंग, रेडी, ट्यूबलाइट, जय हो, भारत, टाइगर जिन्दा हे, सुल्तान, बजरंगी भाइजान, किक, प्रेम रतन धन पायो’ सय करोड क्लबमा छन् ।

प्रतिक्रिया दिनुहोस्