टिपरको ठक्करबाट दुई जनाको मृत्यु



बर्दिया : बर्दियामा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। बर्दियाको बढैयाताल गाँउपालिका–३ सतपतियामा हिजो बेलुकी ८ बजे घर अगाडि आगो तापिरहेका ५ जनालाई टिपरले ठक्कर दिएको हो।

ठक्करबाट अन्य तीन जना गम्भिर घाइते भएका छन्। भे १ क १४९५ नम्बरको टिपरले अनियन्त्रित भई उनिहरुलाई ठक्कर दिएको थियो । टिपरको ठक्करबाट स्थानीय ४५ वर्षीय सोम बहादुर विकको घटनास्थलमै र रामु थारुको नेपालगञ्ज नरसिंह होममा उपचारको क्रममा गएराति पौने १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय मैनापोखरले जनाएको छ ।

सोही दुर्घटनामा घाइते भएका ३५ वर्षीया प्रमिला चौधरी, ४० वर्षिया चमेलिया थारु र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ११ का १९ वर्षीय लक्ष्मण सुनारको नेपालगञ्जमा उपचार भइरहेको छ । टिपर चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्