उपभोक्तालाई ग्यास सिलिण्डर वितरण



उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका- ८ स्थित सालघारी सामुदायीक वन उपभोक्ता समितिले आफ्ना उपभोक्तालाई ग्यास सिलिन्डर वितरण गरेको छ।

सालघारी सामुदायिक वन उपभोक्ता समितिले एक कार्यक्रमकाको आयोजना गरेर आफ्ना उपभोक्ताहरूलाई ग्यास चुलो, सिलिन्डर र सिरक वितरण गरेको हो । समितिले ४३ घर परिवारलाई  ग्यास चुलो, सिलिन्डर र १४ घरपरिवारलाई सिरक वितरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्