टिकटककी अमिता म्युजिक भिडियोमा  (भिडियोसहित)



काठमाडाैं :गायक सन्तोष लामाको आवाजमा समावेश ‘मंसिर’ सार्वजनिक भएको छ । एकतारेको शब्द रहेको यो गीतमा सुशान्त गौतमको संगीत छ। सन्तोषले यसपटक गीतलाई स्टेज केन्द्रित बनाएका छन् ।

यो गीतको भिडियोमा अमिता गुरुङ, सन्तोष लामा, वाइसर इरा क्रिउको अभिनय छ । उत्तम हुमागाँइको छायांकन रहेको भिडियोमा विकास धमलाको सम्पादन छ । विकास गुरुङको कोरियोग्राफी रहेको भिडियोलाई सन्तोष आफैले निर्देशन गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्