चर्चित भारतीय अभिनेता तथा निर्देशक गिरिश कर्नाडको निधन



एजेन्सीः चर्चित अभिनेता गिरिश कर्नाडको निधन भएको छ । गत महिना ८१ वर्षको उमेरमा उनको निधन भएको हो । सन् १९३८ मा जन्मिएका कर्नाड अंग्रेजी र कन्नड दुवै भाषामा राम्रो दख्खल राख्थे ।

उनले आफ्नो पहिलोनाटक कन्नढमा लेखेर पछि अंग्रेजीमा अनुवाद गरेका थिए । उनले लेखेका ययाति, तुगलक, हयवदन, अन्जु मल्लिगे, अग्निमतु माले, नागमण्डल र अग्नि र बरखाजस्ता नाटक चर्चित छन् ।

कर्नाडलाई सन् १९९४ मा साहित्य एकेडेमी पुरस्कार, १९९८ मा ज्ञानपीठ पुरस्कार, १९७४ मा पद्यश्री पुरस्कार, १९९८ मा ज्ञानपीठ पुरस्कार र १९९८ मा कालिदास सम्मानबाट सम्मानित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्