गठबन्धन टुट्नेवाला छैन, थप बलियो बनाउँछौ : माधव नेपाल



काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन थप बलियो हुने बताएका छन् । पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् । नेता नेपाललले चुनावमा गठबन्धनका दलहरु एक भएर अघि बढ्ने बताएका हुन् ।

उनले भने, ‘पाँच दलीय गठबन्धन गरेका छौं । यो गठबन्धन टुट्नेवाला छैन । गठबन्धनलाई थप बलियो बनाउँछौं । समाचारमा अनेक कुराहरु आएका छन् । मनगडन्ते कुराहरु आएका हुन् ।’

उनले भने, ‘प्रतिनिधि सभा क्रियाशील हुनुपर्ने बेलामा बाधा व्यवधान खडा गर्ने काम भएको छ । विध्वशंकारी भूमिका निर्वाह गर्ने प्रवृत्ति हाबी भएको छ ।’

प्रतिक्रिया दिनुहोस्