अग्निपीडितले त्रिपालमै मनाए ल्होसार



मुगु । मुगुका अग्निपीडितले यस वर्षको सोनाम ल्होसार त्रिपालभित्र नै मनाएका छन् । गत कात्तिक २९ मा गमगढी बजारमा भएको आगलागीका पीडितले यस वर्ष त्रिपालमै जसोतसो सोनाम ल्होसार पर्व मनाएका हुन् ।
विगतमा विभिन्न प्रकारका मिठाईलगायत सामाग्री बनाएर पाहुनाहरूसँग रमाइलो गरी ल्होसार मनाउने गरेका उनीहरूले यस वर्ष कसैलाई बोलाउन नसकिएको बताए ।
१५ दिनसम्म चल्ने सोनाम ल्होसारमा तामाङ समुदायले एक आपसका सद्भाव र प्रेम साटासाट गर्ने, आफन्त, छोरी ज्वाइँलगायतलाई बोलाएर मिठा परिकार खुवाउने परम्परा छ । तामाङ समुदायले ल्होसारलाई नयाँ वर्षको रूपमा पनि मनाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्