बर्दियामा बस दुर्घटना, ३५ जना घाइते



बर्दिया : बर्दियाको बाँसगढी नगरपालिकामा बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् । कालीकोटबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना५ख ५३८२ नम्बरको बस आज बिहान करिब सवा ३ बजे अनियन्त्रित भएर दुर्घटना भएको हो।

घाइतेमध्ये कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका की ११ वर्षीया शीतला उपाध्याय र सन्नी त्रिवेणी की ६९ वर्षीया ओमना उपाध्यायको अवस्था गम्भीर छ । दुवैजनालाई उपचारका लागि कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा पठाइएको छ। सामान्य घाइते भएका ३३ जनालाई उपचारका लागि स्थानीय कौशिल्या अस्पतालमा पठाइएको जनाइएको छ ।

बस अनियन्त्रित भएर सडकबाट अन्दाजी १५ मिटर तल पल्टिएको थियो । बस चालक इलाका प्रहरी कार्यालय मोतिपुरको नियन्त्रणमा छन् ।

प्रतिक्रिया दिनुहोस्