कांग्रेस केन्द्रीय कार्यसमिति बैठककाे नयाँ मिति सार्वजनिक



काठमाडौं : पटक पटक मिति तय गरेर सर्दै आएको कांग्रेस केन्द्रीय समिति बैठकको नयाँ मिति फेरि तोकिएको छ ।

 

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले कात्तिक २० गतेका लागि बैठक बोलाइएको जानकारी दिए ।

 

केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा नेविसंघको महाधिवेशन, महासमिति बैठक र पार्टीको विधानका विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्