पानीमा डुबेर बालकको मृत्यु



उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका(७ स्थित नहरमा डुबेर तीन वर्षीय बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा दोलखा घर भई त्रियुगा नगरपालिका–७ स्थित बस्दै आएका मधुसूदन अधिकारीका छोरा लेखनाथ अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।

दिउँसो १ बजे त्रियुगा खोलाको नहरमा खेल्ने क्रममा अचानक पानीमा डुबेर अचेत अवस्थामा आमाले फेला पारी तत्काल उपचारको लागि जिल्ला अस्पताल उदयपुरमा लगिएकोमा अस्पतालले उनलाई मृत घोषणा गरेको हो। घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्