आजको मौसम : देशभर भारी वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना



काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशका विभिन्न भागमा वर्षा भइरहेको छ। हाल देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा मेघगर्जन र चटयाङसहित हल्का वर्षा भइरहेको हो। गएरातिदेखि नै देशभर पानी परिरहेको छ।

काठमाडौं उपत्यकामा पनि बिहीबार साँझदेखि मध्यम वर्षा भइरहेको छ। शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली भई देशका धेरै स्थानमा मेघ गर्जन/चट्याङ/ असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने देखिन्छ।प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जनरचटयाङरअसिना हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। शनिबार देशका प्रदेश नम्बर १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ।

देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना मौसम पूर्वानुमन महाशाखाले जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्