आजको विनिमय दर : अमेरिकी डलरको खरिद दर कति ?



काठमाडौँ : नेपाल राष्ट्र बैंकले आज आजको विदेशी मुद्रा बिक्री विनिमयदर प्रकाशित गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १२० रुपैयाँ ०८ पैसा रहेको छ ।

यसैगरी युरोपियन युरो एकको खरिदमा १३४ रुपैयाँ ७७ पैसा र बिक्रीमा १३५ रुपैयाँ ४४ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८४ रुपैयाँ ९९ पैसा र बिक्रीमा ८५ रुपैयाँ ४१ पैसा रहेको छ ।

त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३१ रुपैयाँ ८५ पैसा र बिक्रीमूल्य ३२ रुपैयाँ ०१ पैसा र कतारी रियाल एकाको खरिदमा ३२ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९८ पैसा तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्