श्रीलङ्कामा एक महिनाभित्र आठ हजार बढी डेंगुका विरामी फेला



एजेन्सी श्रीलङ्कामा एक महिनाभित्र आठ हजारभन्दा बढी डेंगुका विरामी भेटिएका छन् । सन् २०२२ मा डेंगु भाइरसका आठ हजार ३०३ भन्दा बढी बिरामी दर्ता भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

जसमध्ये जनवरीमा सात हजार ७०२ जनामा डेङ्गु सङ्क्रमण भएको स्थानीय सञ्चारमाध्यमले सरकारी अधिकारीलाई उद्धृत गरी शुक्रबार जानकारी दिएका छन् । गत वर्षको पछिल्लो समय तुलना गर्दा डेंगु भाइरसको खतरा घट्दै गएको भए पनि आगामी साउन महिनासम्म सङ्क्रमण जारी रहने र त्यसपछि मध्यम स्तरमा रहने राष्ट्रिय डेंगु नियन्त्रण एकाइबाट शिलान्थी सेनेभिराट्नेको भनाइ उद्धृत गर्दै स्थानीय दैनिक मिररले जनाएको छ ।

सेनेभिराट्नेका अनुसार पश्चिमी प्रान्तबाट सबैभन्दा धेरै अर्थात् कूल सङ्क्रमणको ४२ प्रतिशत सङ्क्रमित भेटिएका छन् । डेंगु ज्वरोका लक्षणहरूमा उच्च ज्वरो, अनियन्त्रित बान्ता, पेट दुख्ने वा चक्कर लाग्ने जस्ता समस्या देखापर्ने र यी लक्षणहरू देखिएमा तुरुन्तै चिकित्सा सेवा लिन चिकित्सा विशेषज्ञहरूले सर्वसाधारणलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्