भारतको जम्मु कश्मिरमा भुकम्प



एजेन्सी : भारतको जम्मु कश्मिर क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान ९:४९ बजे भूकम्पको झट्का महासुस गरिएको भारतीय समाचार एजेन्सीहरुले जनाएका छन् ।

अफगानिस्तान र ताजकिस्तानको बोर्डरलाई केन्द्र बनाएर ५.७ म्याग्निच्युडको भूकम्प गएको बताइएको छ । भूकम्पले के कति क्षति गर्‍यो भन्ने विषयमा विस्तृत जानकारी आइनसकेको भास्कर अनलाइनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्