भारतमा १ हजार ५९ जनाको मृत्यु : १ लाख २७ बढी कोरोना संक्रमित



एजेन्सी : भारतमा पछिल्लो २४ घण्टामा १ लाख २७ हजार ९५२ जना कोरोना भाइरस संक्रमित पुष्टि भएका भएका छन् । कोरोना भाइरसको ओमोक्रन भेरियन्ट र त्यसको सब-भेरियन्ट फैलिएसँगै भारतमा उकालो लागेको संक्रमण दर हाल घट्दै गएको छ।

यद्यपि, मृतकको संख्या भने बढ्दै गइरहेको छ । केहीदिनदेखि भारतमा दैनिक एक हजारभन्दा बढीको मृत्यु भइरहेको छ । शुक्रवार भारतमा मृत्यु हुनेको संख्या ५ लाख नाघेको थियो । आज थप १ हजार ५९ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कुल मृतकको संख्या ५ लाख १ हजार ११४ पुगेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार २ लाख ३० हजार ८१४ जना संक्रमण मुक्त हुँदा हाल सक्रिय कोरोना संक्रमितको संख्या १३ लाख ३१ हजार ६४८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्