शौचालयकाे छाना भत्किँदा ४ बालिकाको मृत्यु



दार्चुला : दार्चुलामा शौचालय भत्किँदा ४ बालिकाको मृत्यु भएको छ। जिल्लाको नौगाड गाउँपालिका–४ मा स्थानीय गणेश विनायक माविको छाना भत्किँदा मंगलबार अपरान्ह ४ बालिकाको घटनास्थलमा नै मृत्यु भएको हो।

विद्यालय बन्द रहेको समयमा खेलिरहेका ७ देखि १० वर्ष उमेर समूहका वर्षीया ४ बालिका छाना भत्किँदा पुरिएको गाउँपालिकाका प्राविधिक सहायक प्रतापसिँह ठगुन्नाले बताए। शौचालयको छतमा कति जनाले खेलिरहेका थिए भन्ने यकीन भएको छैन।

सिप्टी प्रहरी चौकीबाट खटिएको प्रहरी टोली तथा स्थानीयहरुको संयुक्त प्रयासमा शव निकालिएको छ। अझै शवहरु फसेको हुन सक्ने भन्दै प्रहरी टोली तथा स्थानीयहरुले उद्धार कार्य जारी राखेका छन्।

प्रतिक्रिया दिनुहोस्