दार्चुला अपडेट : झरीका कारण उद्धारमा कठिनाइ, मृतक विद्यार्थीकाे संख्या बढ्न सक्ने



दार्चुला : शौचालय भत्किँदा भएकाे दुर्घटनामा परी मृत्यु हुने बालबालिकाकाे संख्या अझै बढ्न सक्ने जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ। जिल्लाको नौगाड गाउँपालिका–४ मा स्थानीय गणेश विनायक माविको छाना भत्किँदा मंगलबार अपराह्न ४ बालिकाको घटनास्थलमा नै मृत्यु भएको थियाे। 

विद्यालय बन्द रहेको समयमा खेलिरहेका ७ देखि १० वर्ष उमेर समूहका वर्षीया ४ बालिका छाना भत्किँदा पुरिएका  दार्चुलाका प्रहरी नायब निरीक्षक दिपेन्द्र साहीले बताएका छन्। शौचालयको छतमा कति जना थिए भन्ने पनि खुल्न नसकेकाे उनले जानकारी दिए। 

सिप्टी प्रहरी चौकीबाट खटिएको प्रहरी टोली तथा स्थानीयहरुको संयुक्त प्रयासमा शव निकालिएको छ। घटनास्थलमा पानी परिरहेकाे र उद्धार कार्यमा समस्या भएकाे डीएसपी शाहीले द नेपालटपलाई जानकारी दिए। यद्यपि घटनास्थलमा प्रहरीकाे एक टाेली भने पुगिसकेकाे उनले बताएका छन्। घटनास्थल सदमुकामबाट निकै टाढा रहेकाले पनि उद्धारमा कठिनाइ भएकाे बताइएकाे छ। 

प्रतिक्रिया दिनुहोस्