ईपीएल क्रिकेटमा आज पनि दुई खेल हुँदै



काठमाडौँ : एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज पनि दुई खेल हुँदैछन् । आजको पहिलो खेलमा काठमाडौँ किङ्स-११ र विराटनगर वारिवर्स भिड्ने छन् । यी दुई टोली बीचको खेल त्रिवि क्रिकेट मैदानमा बिहान ९:३० बजे शुरू हुने छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं लगातार दोस्रो जितको खोजिमा हुने छ।

करण केसीको कप्तानीमा मैदान उत्रने विराटनगर भने पहिलो जित निकाल्न चाहन्छ । पहिलो खेलमा विराटनगर चितवन टाइगर्ससँग पराजित भएको थियो । यस्तै दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुनेछ । भैरहवा र चितवनबीचको खेल दिउँसो १:३० बजे सुरु हुनेछ । शरद भेषवाकरको कप्तानीमा मैदान उत्रने भैरहवा पहिलो जित निकाल्न चाहन्छ ।

वर्षाको कारण पहिलो खेलमा भैरहवाले पोखरा राइनोजसँग अंक बाडेको थियो । चितवन लगातार दोस्रो जित निकाल्न चाहन्छ । चितवनले पहिलो खेलमा विराटनगरलाई हराएको थियो । प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्