सुनसरी दुर्घटना : मृतक तीनै जनाको सनाखत



सुनसरी । सुनसरीको लौकहीमा बस र ट्रक ठोक्किएर भएको आगलागीमा परी मृत्यु भएका तीनै जनाको सनाखत भएको छ ।
गएराति कोशी गाउँपालिका–१ लौकहीको खुनियाधारमा बस र ट्रक जुध्दा आगलागीसमेत भएको थियो । दुर्घटनामा बस चालक झापा गोलधापका ४५ वर्षीय सरोज राई, बसका यात्रु भारत पश्चिम बङ्गालका २३ वर्षीय निहाल प्रधान र ट्रक चालक बारा निजगढ–९ का २७ वर्षीय शेख फिरोजको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका २७ जनामध्ये १० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
ना.५ ख २९९६ नम्बरको ट्रक र ना.८ ख ८४९३ नम्बरको ठोक्किएका थिए । दुर्घटनासँगै बस र ट्रकमा आगलागी भएको थियो । दुर्घटनापछि भएको आगलागीका कारणले तीन जनाको जलेर मृत्यु भएको छ । गाडीहरू पूर्ण रूपमा जलेका छन् ।

प्रतिक्रिया दिनुहोस्